Sajhamanch Archive

कोभिडको उपचारमा प्रयोग हुने रेम्डिसिभिर नेपालमै उत्पादन सुरु

Published: in मिडियाबाट साभार, स्वास्थ्य, by .

काठमाडौं । कोभिड–१९ संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेम्डिसिभिर नेपालमा नै उत्पादन सुरु भएको छ । नेपालमै उत्पादनका लागि अनुमति पाएको नेसनल हेल्थकेयर वीरगञ्जले उत्पादन सुरु गरेको हो ।

औषधि व्यवस्था विभागबाट ०७८ वैशाख ३१ गते उत्पादन अनुमति पाएको नेसनलले असार १३ गतेदेखि बजार अनुमति पाएको जनाएको छ । नेसनलले उत्पादन गरेको रेम्डिसिभिरको ब्रान्ड नाम रेम्सिभिर दिइएको छ । यसको अधिकतम खुद्रा मूल्य ३ हजार ५०० प्रतिभाइल रहेको छ ।

रेम्सिभिरको बजार व्यवस्थापन ओटिभा डिभिजनका वितरकहरुले गर्ने उत्पादक नेसनल हेल्थकेयरले जनाएको छ ।

यसअघि उक्त औषधि सरकारले बंगलादेशबाट ल्याई चार हजार नौ सय रुपैयाँ प्रतिभाइल बिक्री गर्दै आएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *