Sajhamanch Archive

१२०औँ मिनेटमा गोल गर्दै युक्रेन क्वार्टरफाइलनमा, स्वीडेन बाहिरियो

Published: in खेलकुद, मिडियाबाट साभार, विश्व समाचार, by .

काठमाडौं । युक्रेन १६औँ संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । स्कटल्यान्डमा भएको खेलमा स्वीडेनलाई पराजित गर्दै युक्रेन अन्तिम आठमा पुगेको हो ।

मंगलबार राति भएको प्रि–क्वार्टरफाइनलको अन्तिम खेलमा स्वीडेनलाई अतिरिक्त समयमा २–१ ले हराउँदै युक्रेनले अघिल्लो चरणमा स्थान बनायो । ह्याम्पडेन पार्कमा युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोभ्बिकले एकरएक गोल गरे । स्वीडेनका इमिल फोर्सवर्गले एक गोल फर्काए ।

खेलको निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १२०औँ मिनेटमा अर्टिमले गोल गर्दै युक्रेनलाई २–१ को जित दिलाए । त्यसअघि, २७औँ मिनेटमा जिन्चेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए । ४३औँ मिनेटमा फोर्सवर्गले गोल गर्दै स्वीडेनलाई १–१ को बराबरीमा ल्याए ।

अब युक्रेनले क्वार्टरफाइनलमा इंग्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *