Sajhamanch Archive

आज पनि प्रतिनिधिसभा विघटनका मुद्दामा सरकारी पक्षकै बहस

Published: in मिडियाबाट साभार, राजनीति, by .

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा आज पनि सरकार पक्षको बहस निरन्तर छ । हिजो र अस्ति पनि सरकारको पक्षमा बहस भएको थियो ।

अस्तिदेखि महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व गरी बहस सुरु गर्नुभएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा बहस भैरहेको छ । सरकारी पक्षको बहसपछि सभामुखका कानून व्यवसायीले एक घण्टाको समय पाउनेछन् । त्यसपछि निवेदक पक्षले जवाफ दिनेछन् । जवाफ सकिएपछि अदालतको सहयोगी ९एमिकस क्युरी० को बहस हुनेछ । त्यसपछि फैसला हुनेछ ।

गएको जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आउँदो कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि चुनावको घोषणा गरेपछि निर्णय बदरको माग गरी ३० वटा रिट निवेदन परेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *