Sajhamanch Archive

प्रदेश १ का पहाडी र हिमाली जिल्लामा कोरोना संक्रमण शून्य

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, स्वास्थ्य, by .

विराटनगर । प्रदेश १ का हिमाली र पहाडी जिल्लामा कोरोना संक्रमणको दर शून्य भएको छ । प्रदेशका चार जिल्लामा दैनिक संक्रमण संख्या शून्यमा झरेको छ । केही जिल्लामा एक जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा कोरोना संक्रमणको दर घटेको भएपनि जोखिम भने उत्तिकै भएकाले स्वास्थ्य सावधानी अपनाउन सुझाव दिइएको छ । ओखलढुंगा र सोलुखुम्बुमा संक्रमण शून्य छ ।

अन्य पहाडी र हिमाली जिल्लामा संक्रमितको संख्या एक जना देखिने गरेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार तराईका जिल्लाहरुमा पनि कोरोना संक्रमितको संख्या घट्दो क्रममा छ ।

कोसी अस्पतालका चिकित्सक लक्ष्मीनारायण यादव संक्रमणको दर घटे पनि सरकारले लागु गरेका स्वास्थ्य मापदण्ड पालना गर्न सुझाव दिन्छन् । उनले भने, “संक्रमण दर र संक्रमितको संख्यामा कमी आएको देखिन्छ तर निषेधाज्ञा खुकुलो हुँदै गएको अवस्थामा थप सचेत हुन भने जरुरी छ ।” प्रदेशका सबैभन्दा धेरै संक्रमित भएका जिल्ला झापा, मोरङ र सुनसरीमा पनि संक्रमितको संख्या घटन् थालेको छ ।

मन्त्रालयका अनुसार धनकुटा, भोजपुर, खोटाङ, तेह्रथुम, उदयपुरलगायत जिल्लामा पनि संक्रमणको दर घटेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *