Sajhamanch Archive

साताको अन्तिम दिन नेप्से दोहोरो अंकले बढ्दा कारोबार रकम पनि बढ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । बिहीबार नेप्से १९.१२ अंकले वृद्धि हुँदा २८.४३ अंकमा बन्द भएको हो ।

बुधबार २८२३.८८ अंकमा बन्द भएको नेप्से ‘प्रि–ओपन’ सेसनमा करिब १० अंकले बढेर २८३३.५६ अंकमा खुलेको थियो । कारोबार अवधिभर बजारमा उतार–चढाव देखिँदा ‘इन्ट्रा–डे’ कारोबार २८६७.२५ अंकसम्म पुगेको थियो भने २८१३.११ अंकसम झरेको थियो ।

बुधबार ६ अर्बबाट तल झरेको कारोबार रकम आज भने करिब ७ अर्ब पुगेको छ । नेप्सेमा आज तीन करोड २८ लाख ३८ हजार ९९३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७० करोड ७७ लाख ७५ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा नेको इन्स्योरेन्सले कारोबार रकममा लिड गरेको छ । कम्पनीको सर्वाधिक ३० करोड ७२ लाख ५० हजारको कारोबार हुँदा ज्योति विकास बैंकको १८ करोड ६४ लाख ७१ हजारको कारोबार भएको छ । यस्तै, मेगा बैंकको १८ करोड २४ लाख ५२ हजारको कारोबार भएको छ ।

विकास बैंक, वित्त कम्पनी, होटेल तथा पर्यटन र अन्य उपसूचकले बजारलाई डोहोर्‍याएको छ । आज होटेल तथा पर्यटन उपसूचक सर्वाधिक ३.९४ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ३.६३ प्रतिशतले बढेको छ । वित्त कम्पनी उपसूचक २.९४ प्रतिशतले बढेको छ । यस्तै, अन्य उपसूचक १.७३ प्रतिशत र लगानी उपसूचक १.१५ प्रतिशतले बढेको छ । बैंकिङ उपसूचक १.१६ प्रतिशतले वृद्धि हुँँदा निर्जीवन बिमा उपसूचक भने ०.०४ प्रतिशतले घटेको छ ।

आज नेप्सेमा १८३ कम्पनीको सेयर कारोबार भएकोमा ११९ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ५२ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १२ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । आज ओरियन्टल होटेलको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा गुडविल फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर मूल्य ९ प्रतिशतमाथिले बढेको छ ।

यता, राधि विद्युत् कम्पनी र एनएलजी इन्स्योरेन्सको सेयर मूल्य २.४२ प्रतिशतले ओरालो लाग्दा सूर्योदय लघुवित्तको सेयर मूल्य पनि २.३७ प्रतिशतले घटेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *