Sajhamanch Archive

उत्तर कोरियामा खाद्य सङ्कट : गर्भवती, बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियामा बढ्दै गएको खाद्य सङ्कटप्रति चिन्ता व्यक्त गरेको छ । राष्ट्रसङ्घको सुरक्षा परिषद्ले कोरोना महामारीका कारण चीनसँगको सीमा बन्द रहेकाले उत्तर कोरियामा भोकमरी सुरु भएको भन्दै चिन्ता व्यक्त गरेको हो ।

लामो समयको खडेरीका कारण उत्तर कोरियामा सन् १९९० को दशकको भोकमरी पुनरावृत्ति हुने भन्दै राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ । कोरोना भाइरसको सङ्क्रमण तथा अनुकूल मौसम नहुँदा उत्तर कोरियामा खाद्य उत्पादन घटेको छ । एक अध्ययनअनुसार उत्तर कोरियामा भोकमरीका कारण गर्भवती, बालबालिका र ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित भएका छन् ।

केही समयअघि उत्तर कोरियाका नेता किम जोनले पनि खाद्य सङ्कट भएको स्वीकार गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *