Sajhamanch Archive

बैरागी काइँलाको स्वास्थ्यमा सुधार, वार्डमा सारियो

Published: in समाज, स्वास्थ्य, by .

काठमाडौं । नेपाल प्रज्ञा(प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्वाङ (बैरागी काइँला)को स्वास्थ्यमा सुधार आएको छ ।

एक साताअघि मस्तिष्काघात भएपछि उनी काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा उपचाररत छन् ।

उनकी छोरी नामोती नेम्वाङका अनुसार हाल बैरागी काइँलालाई सघन उपचार कक्षबाट वार्डमा सारिएको छ । साथै शरीर र हात चल्न थालेको तथा बोली पनि स्पष्ट भएको छ ।

यसअघि उनको शरीरको दायाँ भाग शुरुमा चल्न नसकेको र बोली राम्ररी खुल्न सकेको थिएन ।

काइँलाको उपचारमा ओम अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला, सघन उपचार विशेषज्ञ डा. प्रमेश सुन्दर श्रेष्ठ, न्यूरोलोजिष्ट डा. कृष्ण ढुङ्गाना लगायतका चिकित्सकहरु सहितको टोली संलग्न छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *