Sajhamanch Archive

भारतीय अभिनेता आमिर खान र किरण राव सम्बन्ध विच्छेद गर्दै

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज by .

झापा । बलिउड अभिनेता आमिर खान र किरण रावको सम्बन्ध विच्छेद हुने भएको छ । आमिर खानको जीवनमा यो दोस्रो सम्बन्ध विच्छेद हो । आमिर र उनको पहिलो श्रीमती रीना दत्ताबीच पनि सम्बन्ध विच्छेद भएको थियो ।

१५ वर्ष पति पत्निका रुपमा सहयात्रा गरेका आमिर र किरणले संयुक्त विज्ञप्ति निकालेर दुवैको बाटो अलग हुन लागेको घोषणा गरेका हुन् । उनीहरुले आगामी दिनहरुमा पति–पत्निको सट्टा अलग–अलग तरिकाले जीवन जिउने घोषणा गरेका हुन् ।

आमिर खान र किरण रावले दिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, “यी १५ वर्षमा एकसाथ जीवनभरको अनुभव, आनन्द, खुशी शेयर गर्यौँ । हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेमसँग एकसाथ अगाडि बढेको हो । अब हामी बाँकी जीवन नयाँ अनुभवका साथ अगाडि बढाउन चाहान्छौँ । तर, पति पत्नी बनेर होइन, सह मातापिता र परिवारको रुपमा । हामीले केही समय पहिलेदेखि अलग हुने योजना बनाएका हौँ । यसलाई औपचारिक रुप दिँदैछौँ ।”

उनीहरुले आगामी दिनमा पनि एकसाथ काम गर्ने घोषणा गरेका छन् । आफ्ना सन्तानप्रति समर्पित हुनेसमेत उनीहरुले बताएका छन् ।

‘हामीले केहि समयपछि छुट्टिएर जाने योजना शुरू गरेका छौं। अब यो व्यवस्था औपचारिक बनाउन सहज महसुस गर्ने प्रयास गरिरहेको उनीहरुले बताएको समाचार भारतीय मिडियामा उल्लेख छ।

उनले अगाडि लेखे, ‘हामी दुबै छुट्टै बस्नुपरे पनि विस्तारित परिवारको रूपमा शेयर गर्नेछौँ । हामी हाम्रा छोरा आजादप्रति समर्पित अभिभावक हौं,हामी हाम्रो छोराको हेरचाह मिलेर गर्नेछौं। हामी फिल्म, पानी फाउंडेशन र अन्य प्रोजेक्टहरूमा सहयोगीको रूपमा पनि काम गर्ने छौं ।’

किरण र आमिरको भेट फिल्मको सेटमा भएको थियो । उनीहरुले सन् २००५ डिसेम्बर २८ तारिखमा विवाह गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *