बैंकिङ कसुरका फरार प्रतिवादी तिम्सिना पक्राउ, झापा काराकार चलान
Published:
by .बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापा र फैसला कार्यान्वयन झापाको टोलीले बैंंंंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरी आज झापा जिल्ला अदालतको आदेशमा जेल चलान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी राकेश थापाले इमेल मार्फत् सम्प्रेषण गरेको जानकारी अनुसार बिर्तामोड वडा नं. ५ का ३६ वर्षीय नरेन्द्र तिम्सिना पक्राउ परेका हुन् । ताप्लेजुङ जिल्लाको याङवराक गाउँपालिका वडा नं. २ स्थायी ठेगाना रहेका तिम्सिनालाई प्रहरीले ताप्लेजुङबाट नै पक्राउ गरेको हो ।
उच्च अदालत बिराटनगर, इलाम इजलाशले गत २०७७ चैत ३० मा निज तिम्सिनालाई १५ दिन कैद, ३४ लाख जरिबाना र पिडित राहत कोषमा एक लाख ३६ हजार दाखिला गर्नुपर्ने सजाय सुनाएको थियो । तर प्रतिवादी तिम्सिना फरार रहेकाले पक्राउ गरी झापा जिल्ला अदालतमा उपस्थित गराउँदा कैद भुक्तान तथा जरिबाना असुलको फैसला कार्यान्वयन गराउन काराकार चलानको आदेश भएको प्रहरी नायव उपरीक्षक थापाले जनाएका छन् ।
Comments