Sajhamanch Archive

कोरोना विरुद्धको खोप वितरणमा समानता होस् : बान कि मुन

Published: in विश्व समाचार, स्वास्थ्य by .

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव बान कि मुनले कोरोना भाइरसविरुद्धको खोप वितरणको काममा समानता हुनुपर्ने बताएका छन् । उनले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकाले सबै देशहरुले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिएका छन् ।

उनले अहिले यो खोपको उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशहरुले अहिलेको प्रयासलाई थप दोब्बर बनाउनुपर्नेमा जोड दिएका हुन् । एक भिडियो कन्फ्रेन्समा बोल्दै उनले भने अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउनुपर्छ र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोपको उपलब्धता हुनु जरुरी छ । उनले कोरोना भाइरसले चाँडो चाँडो मानिसको ज्यान लिइरहेको बताएका छन् ।

साथै उनले अहिले मानिसहरु जलवायु परिवर्तनको चपेटामा परिररहेको बताउँदै यी दुवै समस्याका विरुद्धमा विश्व एक भएर लड्नुपर्नेमा पनि जोड दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *