Sajhamanch Archive

सिन्धुपाल्चोक र मनाङका बाढी-पहिरो प्रभावितलाई ७० हजार डोज खोप चाहिने

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by .

काठमाडौं । सिन्धुपाल्चोक र मनाङका बाढी तथा पहिरो प्रभावित क्षेत्रका नागरिकका लागि ७० हजार डोज कोभिड १९ विरुद्धको खोप माग गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको प्राथमिकतामा बाढी तथा पहिरो प्रभावित क्षेत्रका नागरिकलाई राखेसँगै यी क्षेत्रबाट खोपको माग भएको हो ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका लगायत बाढी तथा पहिरो प्रभावित र चीनसँग सीमानाका जोडिएका गरी पाँचवटा पालिकाको लागि ६७ हजार खोप आवश्यक हुने जिल्ला जनस्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाइँले बताए । त्यस्तै असार १ गते यताको पहिरोले प्रभावित मनाङमा ३ हजार खोप माग गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री अचार्यले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले असार ११ गते पदभार ग्रहण गर्दै सिन्धुपाल्चोक र मनाङका बाढी तथा पहिरो प्रभावित नागरिकलाई अब सञ्चालन गरिने खोप कार्यक्रमको पहिलो प्राथमिकतमा राखिएको बताएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *