हकदावी सम्बन्धी एनएमसी शनिश्चरे कार्यालयको ३५ दिने सार्वजनिक सूचना
Published:
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
हकदावी सम्बन्धी ३५ दिने सार्वजनिक सूचना
प्रथमपटक प्रकाशित मितिः २०७८/३/२१
जिल्ला झापा अर्जुनधारा–११ बस्ने स्व. नरबहादुर लिम्बू (सदस्य नं. १८६९४) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल जेठ २२ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला अर्जुनधारा–११ बस्ने निजका छोरा पुजन लिम्बूले आफ्नो बुवाको नाममा संस्थामा मौज्दात रहेको सेयर नामसारी र बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल असार ४ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता तथा सेयर नामसारी गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भइजानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
— एनएमसी शनिश्चरे कार्यालय
Comments