Sajhamanch Archive

माओवादी केन्द्र अवैधानिक रहेको भन्दै पूर्व नेताहरु आयोग जाने

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । माओवादीका पूर्व नेताहरु नेकपा माओवादी केन्द्र अवैधानिक रहेको भन्दै निर्वाचन आयोग जाने भएका छन् । महाधिवेशनसमेत नगरेको पार्टीले आफूहरुलाई कारबाही गर्न नमिल्ने भन्दै माओवादी केन्द्रका पूर्व नेताहरु निर्वाचन आयोग जान लागेका हुन् ।

“माओवादी केन्द्र आफैंमा अवैधानिक छ । महाधिवेशसमेत भएको छैन । यस्तो पार्टीले हामीलाई कारबाही गर्न मिल्दैन,” माओवादीका एक पूर्व नेताले भने, “त्यसैले हामी आज निर्वाचन आयोग जाँदैछौं ।”

माओवादी केन्द्रले पार्टी परित्याग गरेर नेकपा एमालेमा गएको भन्दै रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लायतलाई कारबाही गरेको थियो ।

कारबाहीमा परेका नेताहरु आज दिउँसो साढे १२ बजे निर्वाचन आयोग पुगेर पार्टीले आफूहरुलाई कारबाही गरेकोबारे ध्यानाकर्षण गराउँदै त्यसको वैधानिकताबारे प्रश्न उठाउन लागेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *