Sajhamanch Archive

श्रमिकलाई खोप नहुँदा उद्योग क्षेत्रमा असर

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, स्वास्थ्य, by .

विराटनगर । प्रदेश नम्बर–१ का उद्योगी, व्यवसायी र ट्रेड युनियनका पदाधिकारीबीच सामाजिक सुरक्षा कोषको पछिल्लो संशोधित व्यवस्था तथा कोषमा आबद्ध हुन सरकारबाट दिइएका पछिल्लो सुविधाको विषयमा छलफल भएको छ ।

मोरङ व्यापार संघले सुनसरी–मोरङ औद्योगिक कोरिडोरका ट्रेड युनियनसम्बद्ध पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो ।

संघका अध्यक्ष प्रकाश मुन्दडाले औद्योगिक करिडोरका विभिन्न प्रतिष्ठानहरुमा कार्यरत श्रमिकको विद्यमान अवस्था र सरकारद्वारा दिइएको निर्देशनको विषयमा जिज्ञासा राखेका थिए । श्रमिकलाई कोभिड–१९ संक्रमण तथा निषेधाज्ञाका कारण प्रत्यक्ष असर पर्न गएको र उनीहरुको स्वास्थ्य सुरक्षाको जोखिम उच्च हुन गएता पनि सरकारबाट संक्रमणविरुद्धको खोपलगायत कुनै प्रकारका सहयोग उपलब्ध हुन नसकेको ट्रेड युनियनका प्रतिनिधिले गुनासो गरे ।

अध्यक्ष मुन्दडाले श्रमिक र उद्योगी–व्यवसायीहरु एकै रथका दुई पांग्रा रहेको बताउँदै कामदारहरुको हितका निम्ति सामाजिक सुरक्षा कोषका कार्यविधिहरुको संशोधन एवं क्रमिक सुधारका लागि संघलगायत निजी क्षेत्रका औद्योगिक–व्यवसायिक प्रतिष्ठानहरुले सुरुदेखि नै पहल गर्दै आएको बताए ।

सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सरकारको पछिल्लो आह्वान तथा सुविधा दिने समय निषेधाज्ञाकै अवधिमा समाप्त भएकोले आउँदो साउन मसान्तसम्मका लागि म्याद थप्न सरकारसमक्ष माग गरिएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *