झापाका कैदीबन्दीले पठाए सिन्धुपाल्चोकका बाढी पीडितलाई राहत
Published:
by .झापा । झापा कारागारमा रहेका कैदीबन्दीले सिन्धुपाल्चोकमा रहेको हेलम्बु गाउँपालिकाका बाढी पीडितका लागि ५० हजार १०० रुपैयाँ नगद पठाएका छन् ।
वर्षायामको सुरुवाती दिनमै सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण ठूलो धनजनको क्षति भएपछि पीडित परिवारलाई राहतस्वरुप सहयोग गर्ने उद्देश्यले यो नगद रकम कैदीबन्दीले पठाएका हुन् ।
परिस्थितिले हामी जहाँ रहे पनि जस्तो रहे पनि मानवीय संवेदना हुनुपर्छ, कारागार झापामा कैदीबन्दीतर्फको आन्तरिक प्रशासन प्रमुख शेरबहादुर थेबेले भने, सिन्धुपाल्चोकका बाढी पीडितको पीडामा मलमपट्टि पुगोस् भनेर हामीले एक दिनको छाक कटाएर सहयोग पठाएका हौं ।
कैदीबन्दीले जम्मा गरेको रकम पालिकाको विपद् राहत कोषको खातामा जम्मा गरिदिएको जिल्ला कारागार झापाका प्रमुख राजेन्द्र गौतमले बताए । कारागारमा ७६ महिला र एक हजार १४६ पुरुष कैदीबन्दी रहेका छन्।
Comments