Sajhamanch Archive

कोपा अमेरिका फुटबलमा कोलम्बिया तेस्रो

Published: in खेलकुद by .

काठमाण्डौ । कोपा अमेरिका फुटबल अन्र्तगत कोलम्बिया तेस्रो भएको छ । आज बिहान भएको खेलमा पेरुलाई ३–२ गोलले हराउँदै कोलम्बिया तेस्रो बनेको हो । खेलको इन्जुरी समयमा गोल गर्दै कोलम्बियाले पेरुलाई हराएको हो ।

खेलको ४५ औं मिनेटमा योसिमार योटुनको गोलमा पेरुले अग्रता बनाएको थियो । तर ४९ औं मिनेटमा जुआन कुआड्राडोले गोल गरी खेल बराबरीमा पुर्याए ।

कोलम्बियाका लुइस डियाजले ६६ औं मिनेटमा गोल गरी २–१ को अग्रता दिलाएका थिए । तर खेलको ८२ औं मिनेटमा जियानलुका लापादुलाले गोल गरी खेल बराबरीमा ल्याए । इन्जुरी समयमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियालाई जित दिलाए । कोपा अमेरिकाको उपाधिका लागि भोलि बिहान मराकाना रङ्गशालामा अर्जेन्टिना र ब्राजिल खेल्दैछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *