Sajhamanch Archive

कोरोनाले थप १२ जनाको मृत्यु, २ हजार ३९८ संक्रमित थपिए

Published: in समाज, स्वास्थ्य, by .

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ३९८ जना कोभिड संक्रमित थपिएका छन् ।

११ हजार १२ वटा नमूनाको परीक्षण गर्दा २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु पुष्टि भएको छ, योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७८ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *