प्रदेश १ मा कोरोनाको अवस्था यस्तो छः आज थपिए ३९७ संक्रमित
Published:
by .विराटनगर । बितेको २४ घण्टामा गरिएको स्वाब परीक्षणको नतिजाअनुसार प्रदेश १ मा ३९७ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार ३४६ जनाको पीसीआर परीक्षण गरिएकोमा तीमध्ये २२८ महिला र १६९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सबैभन्दा धेरै झापामा १५६ जना, सुनसरीमा ११४, मोरङमा ९४, इलाम र धनकुटामा ७–७, तेह्रथुम र उदयपुरमा २–२, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
झापाको बिर्तामोडमा ४७, मेचीनगर र कनकाईमा २५–२५, भद्रपुर र दमकमा १५–१५, अर्जुनधारामा १०, शिवसताक्षीमा ५, बुद्धशान्तिमा ४, बाह्रदशी र स्थानीय तह नखुलेका ३–३, हल्दिबारीमा २, गौरादह र कमल गाउँपालिकामा १–१ जना संक्रमित थपिएका हुन् ।
यस्तै, सुनसरीको धरानमा ७८, इटहरीमा ३०, बराहक्षेत्रमा ३, रामधुनीमा १ र स्थानीय तह नखुलेका २ जना, मोरङको बिराटनगरमा ५२, केराबारीमा २१, उर्लाबारीमा ६, सुन्दरहरैंचामा ५, कटहरीमा ३, रतुवामाई र पथरीशनिश्चरेमा २–२, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१ जना छन् ।
मन्त्रालयका अनुसार इलामको इलाम नगरपालिकामा ७, धनकुटाको धनकुटा नगरपालिकामा ४, पाख्रिबासमा १ र स्थानीय तह नखुलेका २, तेह्रथुममा २, उदयपुरको चौदण्डीगढी र उदयपुरगढीमा १–१, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको तथ्याङ्क छ ।
प्रदेश १ मा कोरोना संक्रमित हुनेको संख्या अब ७६ हजार १८९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ५०६ रहेको छ ।
प्रदेश १ मा आज ३३८ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १५४ महिला र १८४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६९ हजार २९२ पुगेको छ ।
Comments