Sajhamanch Archive

इदका लागि बङ्गलादेशमा एक हप्ता लकडाउन खुला गर्ने

Published: in विश्व समाचार by .

काठमाण्डौ । इस्लाम धर्मावलम्बीहरूको इद उल अजहालाई लक्षित गरेर बङ्गलादेशमा एक हप्ता लकडाउन हटाइने भएको छ । बङ्गलादेशमा जुलाई १५ देखि २२ सम्म लकडाउन खुला गर्ने निर्णय भएको हो ।

इस्लाम धर्मावलम्बीहरूको चाड इद उल अजहा बङ्गलादेशमा यस वर्ष जुलाई २१ सम्म मनाइने भएको छ । लकडाउन खुला गरे पनि कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण आधारभूत स्वास्थ्य सतर्कता भने अपनाउनुपर्ने बङ्गलादेशका स्वास्थ्य अधिकारीहरूले बताएका सिन्ह्वाले जनाएको छ । भीडभाड हुने ठाउँसहित पसलहरू, सपिङ मलमा पनि स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन निर्देशन दिइएको छ ।

बङ्गलादेशमा पछिल्लो २४ घण्टामा १३ हजार ७ सय ६८ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । यो अहिलेसम्म एकैदिनमा सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या हो । बङ्गलादेशमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या १० लाख ३४ हजार ९ सय ५७ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *