Sajhamanch Archive

इराककी अस्पतालमा आगलागी, ६० जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

काठमाडौं । इराकको नसिरिया शहरस्थित एक आईसोलेशन वार्ड रहेको अस्पतालमा आगलागी हुँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ । आगलागीको कारण प्रष्ट भइनसके पनि अक्सिजन टयाङ्क विष्फोट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

घटनापछि इराकका प्रधानमन्त्री मुस्तफा अल खदिमीले अस्पतालका सञ्चालकलाई पक्राउ गर्न आदेश दिएका छन्। इराकी सञ्चारमाध्यमहरुले भने कम्तीमा ६४ जनाको मृत्यु भएको र ७० जना घाईते भएको उल्लेख गरेको छ ।

रोयटर्सका अनुसार दुर्घटनापछि अस्पताल बाहिर प्रहरी र अस्पतालमा उपचारार्थ बिरामीका आफन्त तथा सर्वसाधारणबीच झडप भएको छ । प्रहरीको दुई वटा भ्यान जलाइएको छ ।

७० शय्या क्षमताको अस्पतालको आइसोलेशन वार्ड तीन महिना अघि मात्रै तयार गरिएको थियो । स्वास्थ्य अधिकारीहरुले भने आगलागी हुँदा अस्पतालमा ६३ जना रहेको बताएका छन् ।

यसअघि गत अप्रिल महिनामा समेत बगदादस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तीमा ८२ जनाको मृत्यु भएको थियो । ११० जना घाइते भएका थिए । तत्कालीन स्वास्थ्यमन्त्री हस्सन अल तमिमीले राजिनामा गर्नुपरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *