Sajhamanch Archive

राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट बाहिरिए १४ खेलाडी

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिएका छन् । राष्ट्रिय टिमको प्रारम्भिक बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिएका हुन् ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो चरणमा १४ खेलाडीलाई टिम बाहिर राख्दै ३६ खेलाडी छनोट गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रारम्भिक बन्द प्रशिक्षणमा परेका मध्ये १४ खेलाडी बाहिरिएको जनाएको छ ।

अलमुताइरीले साफ च्याम्पियनसिप र एसियन कप छनोटअन्तर्गत फाइनल चरणको छनोटका लागि ५० खेलाडीलाई प्रशिक्षणमा बोलाएका थिए ।

छनोटबाट बाहिरिएका खेलाडी
विशाल सुनार, अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरुङ, डोना थापा, गौरव बुढाथोकी, मिक्छेन तामाङ, निरज बस्नेत, निशान खड्का, प्रिजेन तामाङ, रवि पासवान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी र सुदिल राई ।

बन्द प्रशिक्षणमा रहेका खेलाडी
अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, किरणकुमार लिम्बू, आशिष लामा, अभिषेक रिजाल, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, जर्जप्रिन्स कार्की, कमल थापा, मनीष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, प्रकाश बुढाथोकी, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजीव लोप्चन, रन्दीप पौडेल, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरजज्यु ठकुरी, तेज तामाङ र त्रिदेभ गुरुङ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *