Sajhamanch Archive

भारतको महाराष्ट्रमा लगातार वर्षा : १५ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

काठमाडौं । लगातारको वर्षाका कारण भारतको महाराष्ट्रमा जनजीवन अस्तव्यस्त भएको छ । वर्षासँगै महाराष्ट्रको विभिन्न ठाउँमा घर र पर्खाल भत्किँदा १५ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । उद्धारकर्ताहरू प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

महाराष्ट्रका विभिन्न ठाउँ जलमग्न भएका छन् । स्थानीय रेल सेवा ठप्प भएको छ । अबको २४ घण्टामा थप ठूलो वर्षा हुने त्यहाँको मौसम विभागले चेतावनी दिएको छ । मुम्बईमा लगातार वर्षा भइरहेको छ । यसले गर्दा त्यहाँको यातायात सेवा नराम्ररी प्रभावित भएको खबरमा उल्लेख छ । यस्तै, भारतको दिल्ली, उत्तर प्रदेश र हिमाञ्चल प्रदेशमा पनि ठूलो वर्षाको सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *