Sajhamanch Archive

नाइजेरियामा अपहरणमा परेका एक सय जना अपहरण मुक्त

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज by .

काठमाडौं । अफ्रिकी देश नाइजेरियामा बन्दुकधारी समूहको अपहरणमा परेका एक सय जना अपहरण मुक्त भएका छन् ।

गएको जुन ८ मा नाइजेरियाको जामफरा प्रान्तबाट अपहरणमा परेका स्वास्थ्यकर्मी महिला र बालबालिका अपहरणमुक्त भएका हुन् । अपहरणमुक्त गर्ने क्रममा विद्रोहीसँग झडप भएको र त्यस क्रममा चार जना मारिएका त्यहाँको सरकारलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

नाइजेरियामा विद्रेही समूहले पटक पटक महिला तथा बालबालिकाको अपहरण गर्दै आएको छ । सन् २०२० मा मात्रै १ हजार भन्दा धेरै विद्यार्थी, शिक्षक र स्वास्थ्यकर्मीहरु अपहरणमा परेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *