Sajhamanch Archive

अनियमित विद्युत् कटौती रोक्न उर्जामन्त्रीको ध्यानाकर्षण

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by .

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले मोरङ–सुनसरी औद्योगिक कोरिडोरका उद्योगहरुले विद्युत् आपूर्तिमा भोगिरहेका समस्याप्रति उर्जा मन्त्री पम्फा भुषालको ध्यानाकर्षण गराएका छन् । समस्याको निराकरण गर्न आवश्यक कदम चाल्न भनिएको छ ।

संघका अध्यक्ष प्रकाश मुन्दडासहितको टोलीले मन्त्री भुषालसँग भेटघाट गरी औद्योगिक कोरिडोर अन्तरगत कटहरी गाउँपालिका सहित आसपासका क्षेत्रहरुमा ३३ केभिए लाइन जडान गरे पनि विद्युत् आपूर्तिमा ट्रिपिङ, न्यून गुणस्तर तथा अनियमित आपूर्तिको समस्या भइरहेको भन्दै ध्यानाकर्षण गराए । विधुत् कटौतीका कारण उद्योगहरु संचालन गर्न कठिनाई भइरहेको मुन्दडाले बताए ।

उनले विद्युत् महशुल र डिमाण्ड शुल्कको दरमा लगातारको वृद्धिका कारण उद्योगहरुको लागत खर्च बढेको र त्यसको भार उपभोक्तालाई समेत परिरहेकाले खर्च न्यूनीकरण र गुणस्तरीय विद्युत् आपूर्तिको माग गरे ।

टोलीमा पूर्वअध्यक्ष महेश कुमार जाजू, निर्वतमान अध्यक्ष पवनकुमार सारड र वरिष्ठ उपाध्यक्ष नवीन रिजाल सहभागी थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *