Sajhamanch Archive

तालिबानको आक्रमण बढेपछि अफगानिस्तानको ३१ प्रान्तमा निषेधाज्ञा

Published: in विश्व समाचार by .

काठमाण्डौ । तालिबानहरुको आक्रमण बढेसँगै अफगानिस्तानमा निषेधाज्ञा लागू भएको छ ।

हिंसा रोक्न र तालिबानले कब्जा गरेका ठाउँलाई नियन्त्रणमा लिन रातमा निषेधाज्ञा लगाइएको अफगानिस्तानको आन्तरिक मन्त्रालयले जनाएको छ ।

३४ प्रान्तमध्ये ३१ प्रान्तमा राति १० बजेदेखि बिहान ४ बजेसम्म निषेधाज्ञा लागू भएको हो । तालिबान समूहले मुख्य सीमा नाका पार गर्ने धेरैजसो जिल्लामा कब्जा गरेको छ ।

हिंसा रोक्न र तालिबानी आन्दोलनलाई सीमित गर्नका लागि काबुलसहित देशभरिका ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यु लागू भएको अफगानिस्तानको आन्तरिक मन्त्रालयका प्रवक्ता अहमद जिया जियालाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

अमेरिकी सेना फिर्ता तयारीसँगै तालिबान समूहले देशभर हिंसाका घटना बढाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *