Sajhamanch Archive

भोलिसम्ममा प्रदेश १ का सबै जिल्लामा भेरोसेल खोप पुग्ने

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ सरकारले कोभिड–१९ विरुद्धको खोप वितरण शुरु गरेको छ । १४ वटै जिल्लामा शनिबारदेखि खोप वितरण शुरु गरिएको प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्र विराटनगरले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट शुक्रबार प्राप्त भएको खोपहरु वितरण शुरु गरिएको आपूर्ती व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिएका हुन् । उनका अनुसार आजसम्म सुनसरी, उदयपुर, झापा, इलाम र पाँचथरका जिल्लाहरुमा भेरोसेल खोप पठाइएको छ । भोलि सोमबार प्रदेश १ का सबै जिल्लाहरुमा खोप वितरण भइसक्ने केन्द्र प्रमुख शाहाले जनाएका छन् ।

प्रदेश १ मा एक लाख ६९ हजार डोज भेरोसेल खोप र ४८ हजार भायल (२ लाख ४० हजार डोज) जोनसन एण्ड जोनसन खोप आएको आपूर्ती व्यवस्थापन केन्द्रका प्रमुख शाहले बताएका छन् । भेरोसेल खोप लगाई सकेपछि मात्र जोनसन खोप वितरण शुरु गरिने उनको भनाई छ ।

भेरोसेल खोप ५४ वर्षमाथि र जोनसन एण्ड जोनसन खोप ५० वर्षमाथिका व्यक्तिहरुलाई लगाइने प्रदेश सरकारको तयारी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *