Sajhamanch Archive

भारतको मोतिहारीबाट दुई नेपाली युवतीको उद्धार

Published: in समाज, स्थानीय तह by .

झापा । झापाको विर्तामोड नगरपालिका–२ का दुई युवतीलाई भारतको मोतिहारी जिल्लाको छौडादानीबाट उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार २१ वर्षीया युवती र उनकी १५ वर्षीया बहिनीलाई प्रहरीले माइती नेपालको सहयोगमा भारतबाट उद्धार गरेर नेपाल ल्याएको हो ।

वीरगञ्ज प्रहरीको सहयोगमा उद्धार गरिएका दुवैलाई हाल वीरगञ्जस्थित माइती नेपालको उद्धार केन्द्रमा राखिएको छ ।

उनीहरुलाई विर्तामोडकै लक्ष्मी दास र सुनसरीको इटहरी बस्ने खुस्बुले ललाइफकाइ एक हप्ता अघि भारतको मोतिहारी पु¥याएको खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।

गत साउन ४ गते ती युवती हराएको भन्दै खोजतलास गरी पाउँ भनी निवेदन दिए लगत्तै प्रहरीले खोजी शुरु गरेको थियो । उद्धार गरिएका दुवैलाई आफन्तको जिम्मा लगाउने पहल भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरी भारत लैजाने लक्ष्मी र खुम्बुलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *