केशव दाहालको ‘फर्कन छोरा’ सार्वजनिक
Published: (Updated: )
by .काठमाडौँ । केशव दाहालको शब्द र संगीतमा बनेको फर्कन छोरा गीत सार्वजनिक भएको छ ।
गाउँभरिका छोराजति परदेशमा, घरमा बुढा बाबुआमा पैसा कमाउन गएको छोरोको माया, ममता उनीहरुको अनुभवलाई समावेश गरेर बनाइएको फर्कन छोरा बोलको गीतको म्यूजिक भिडियो प्रवीण खतिवडाले तयार गरेका छन् ।
भिडियोमा कलाकारहरु कमलमणि नेपाल, सरिता गिरी र प्रवीण खतिवडा लगायतको सशक्त अभिनय रहेको छ । यो गीतको म्यूजिक भिडियोको सहनिर्देशकमा विनोद खतिवडा रहेका छन् । दिपल बरालले निर्माण गरेको यो म्यूजिक भिडियोमा सम्रान्त थापाको प्रोडक्सन, कृष्णबहादुर थापाको सिनेमाटोग्राफी, कृष्ण भन्डारीको सम्पादन र रंगसंयोजन रहेको छ ।
फर्कन छोरा गीतमा गायक राजेश पायल राईले स्वर दिएका छन् भने गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङ चन्दु गोर्खालीले गरेका छन् ।
गीतले परदेश गएको एक्लो छोराको प्रतीक्षामा पीडादायी जीवन बिताइरहेका बुबाआमाको कथा भन्ने रचनाकार केशव दाहालले बताए । यो गीत सुनेर र म्यूजिक भिडियो हेरेर परदेशिएका धेरै नेपाली घर फर्किने अपेक्षा गरेको अभिनेता कमलमणि नेपालले बताए । यो गीतको भिडियोमा पैसा वा धनले मात्रै जीवन चल्दैन भन्ने संकेत गर्न कराहीमा पैसा उमालेको दृश्य पनि देखाइएको छ । दुःख पर्दा आफ्ना छोराछोरी साथमा हुनु नै धन भन्दा ठूलो सुख भएको सन्देश यो गीतले दिन खोजेको छ ।
गायकसमेत रहेका केशव दाहालले यसअघि ‘बैंसैमा लाको पिरती’, ‘चौतारीमा बसौंन पियारी’ लगायतका गीत सार्वजनिक गरिसकेका छन् ।
Comments