Sajhamanch Archive

तेलको ट्याङ्करमा भएको आक्रमणमा इरानको संलग्नता रहेको अमेरिका र बेलायतले आरोप

Published: in विश्व समाचार by .

काठमाण्डौ । तेलको ट्याङ्करमा भएको आक्रमणमा इरानको संलग्नता रहेको अमेरिका र बेलायतले आरोप लगाएका छन् ।

दुई जनाको ज्यान जाने गरेर तेलको ट्याङ्करमा भएको आक्रमणमा इरानको संलग्नता रहेको अमेरिका र बेलायतले आरोप लगाएका हुन् । यसअघि इजरायलले पनि इरानमाथि यस्तो आरोप लगाएको थियो ।

बेलायतका विदेश मन्त्री डोमिनिक राबले इरानले एक वा त्यो भन्दा बढी ड्रोनको प्रयोग गरी ट्याङ्करमाथि आक्रमण गरेको हुन सक्ने बताएका बीबीसीले जनाएको छ ।

इरानले अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घन गरेको पनि उनले बताए । यस्तै अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिङ्केनले पनि आक्रमणमा इरानको संलग्नता रहेकोमा आफूहरु विश्वस्त रहेको बताए ।

उनले घटनाको उपयुक्त जवाफ दिइने पनि जनाए । गएको बिहीवार ओमानी तटमा इजरायलको स्वामित्व रहेको कम्पनीले सञ्चालन गरेको तेल बोक्ने पानी जहाजमा आक्रमण हुँदा चालक दलका एक बेलायती र एक रोमानियाका नागरिकको ज्यान गएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *