Sajhamanch Archive

मुख्य प्रशिक्षक अलमुताइरी र नेम्वाङबीचको विवाद सुल्झाउन छानबिन समिति गठन

Published: in खेलकुद by .

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवाद सुल्झाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले छानबिन समिति गठन गरेको छ ।

उक्त विवादको छानबिन गर्न राखेपको कार्यकारी समितिको बैठकले बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा मंगलबार सात सदस्यीय समिति गठन गरेको हो ।

समितिमा रेनुका नगरकोटी, सुर्वण श्रेष्ठ, चन्द्रवन्दना राई, अर्जुन विक, नारायण अर्याल र सरोज पोखरेल सदस्य छन् । राखेपले समितिलाई सात दिनभित्र छानबिनको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

एन्फाले मुख्य प्रशिक्षक अलमुताइरी र वरिष्ठ उपाध्यक्षबीचको विवाद छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गरेको थियो । मन्त्रालयले सोमबार राखेपलाई छानबिनका लागि निर्देशन दिएको थियो । उक्त निर्देशनपछि राखेपले छानबिन समिति गठन गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *