शेषपछिको हकदाबी सम्बन्धी १५ दिने सार्वजनिक सूचना
Published: (Updated: )
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा झापा
हकदाबी सम्बन्धी १५ दिने सार्वजनिक सूचना
प्रथमपटक प्रकाशित मितिः २०७८/०४/२०
जिल्ला झापा कचनकवल ७ बस्ने स्व. भगिरथ घिमिरे (सदस्य नं.४००५४) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल वैशाख १३ गते निधन भई शेषपछिको हकदाबीमा झापा जिल्ला कचनकवल–७ बस्ने निजकी श्रीमती दुर्गामाया घिमिरेले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत तथा शेयर रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल असार २४ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत तथा शेयर रकम फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानून बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
— एनएमसी बनियानी कार्यालय
Comments