Sajhamanch Archive

एनएमसी चारआलीको हकदाबी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

Published: in विज्ञापन, सहकारी by .

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा झापा

प्रथमपटक प्रकाशित मितिः २०७८/४/१९

जिल्ला झापा मेचीनगर– १३ बस्ने स्व. कृष्णबहादुर राई (सदस्य नं. १४२००) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल असार १९ गते निधन भई शेषपछिको हकदाबीमा झापा जिल्ला मेचीनगर–१३ बस्ने निजका छोरा राजेश राईले आफ्नो बुवाको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल श्रावण १३ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउन हुन यो सूचना जारी गरिएको छ । अन्यथा कानून बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

–  एनएमसी चारआली कार्यालय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *