Sajhamanch Archive

प्रदेश १ कोरोना अपडेटः ९५४ जनामा कोरोना संक्रमण ३३८ जना मुक्त

Published: in प्रदेश तह, मुख्य समाचार, समाज, स्वास्थ्य by .

corona

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ७४४ जनाको पीसीआर परीक्षण गर्दा ५५४ र १ हजार ४८३ जनाको एन्टिजेन परीक्षण गर्दा ४०० जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २५७, मोरङमा १३८, सुनसरीमा ९९, इलाममा १९, धनकुटामा १८, उदयपुरमा ६, संखुवासभामा २, पाँचथर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको छ ।

झापाको बिर्तामोडमा ७८, दमकमा ४२, अर्जुनधारामा २९, कनकाईमा २६, भद्रपुर र मेचीनगरमा १९–१९, शिवसताक्षीमा १६, बुद्धशान्तिमा १४, गौरादह, बाह्रदशी र कमल गाउँपालिकामा ४–४, हल्दिबारी र झापा गाउँपालिकामा १–१ जना संक्रमित भएका हुन् ।

मन्त्रालयले दिएको तथ्याङ्कअनुसार मोरङको विराटनगरमा ६१, बेलबारीमा २६, सुन्दरहरैचामा १५, पथरीशनिश्चरे र बुढीगंगामा ७–७, लेटाङ र कानेपोखरीमा ४–४, ग्रामथान र स्थानीय तह नखुलेका ३–३, केराबारी, रंगेली र उर्लाबारीमा २–२, सुनबर्षी र कटहरीमा १–१ जनामा कोरोना संक्रमण भएको छ ।

यसैगरी, सुनसरीको इटहरीमा ४७, धरानमा ३७, बराहक्षेत्रमा ४, रामधुनी र इनरुवामा ३–३, हरिनगर, दुहवी र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २ जना छन् । मन्त्रालयले दिएको तथ्याङ्कअनुसार इलामको इलाम नगरपालिकामा १४, मांसेबुङ, रोङ, माईजोगमाई, सूर्योदय र माई नगरपालिकामा १–१ जना, धनकुटाको धनकुटा नगरपालिकामा १५, महालक्ष्मीमा २, पाख्रिबासमा १ जना संक्रमित थपिएका छन् ।

उदयपुरको लिम्चुङबुङमा २, त्रियुगा, चौदण्डीगढी, बेलका, र स्थानीय तह नखुलेका १–१, संखुवासभामा २, पाँचथरको फिदिममा १, तेह्रथुममा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६१ महिला र १७७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *