Sajhamanch Archive

घर बहाल र व्यवसायिक कर छुट गर्न बिर्तामोड नगरपालिकालाई वाणिज्य संघको आग्रह

Published: in समाज, स्थानीय तह by .

 झापा । झापास्थित बिर्तामोड उद्योग वाणिज्य संघले घर बहाल र व्यवसायिक कर छुट गरिदिन बिर्तामोड नगरपालिकालाई आग्रह गरेको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको नेतृत्वको टोलीले आज बिर्तामोड नगरपालिकाका उपप्रमुख तथा राजश्व परामश समितिकी प्रमुख पवित्रा महतरा प्रसाईंलाई ध्यानाकर्षण पत्र बुझाउँदै त्यस्तो आग्रह गरेको हो ।

अहिलेको अवस्थामा बैंकको व्याज, घरभाडा तथा राजश्व बुझाउन कठिन भएको दर्शाउँदै यस्तो विषम परिस्थितिमा बिर्तामोड नगरपालिकाले व्यवसाय गरेवापतको व्यवसायिक कर र घरभाडा लगाएवापत लिने गरे बहाल कर छुट गरिदिन आग्रह गरिएको हो ।

कोरोना भाइरसको संक्रमणका कारण देशको अर्थतन्त्रको मजबुद खम्बाको रुपमा रहेको निजी क्षेत्र धरासायी हुने अबस्थामा पुगेको ध्यानाकर्षण पत्रमा जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *