Sajhamanch Archive

भूमि आयोग खारेजीको निर्णय फिर्ता लिन मानव अधिकार एलाइन्सको माग

Published: in प्रदेश तह, राजनीति, समाज by .

विराटनगर । मानव अधिकार एलाइन्स मोरङले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णयले आवासको हक, दलितको हक र सामाजिक न्यायको हकको सुनिश्चिततालाई अन्यौलतातर्फ लगेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

आज जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै भूमि आयोग खारेजीको निर्णय मानव अधिकार र सामाजिक न्याय विरुद्धको कार्य भएकोले निर्णय तत्काल फिर्ता लिन आग्रह गरिएको छ । ज्ञापनपत्रमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका आधारभूत मानव अधिकारको सम्मान गर्न माग गरिएको छ ।

मानव अधिकार एलाइन्स मोरङमा आबद्ध इन्सेक, नेपाल भूमिहीन सुकुम्बासी संगठन, नेपाल उत्पिडित जातीय मुक्ति समाजसहितका २१ वटा सामाजिक संस्थाका तर्फबाट उक्त ज्ञापनपत्र दिइएको हो । मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य अर्जुनराज अधिकारी, मोरङ अध्यक्ष खिलाराज निरौला लगायतले सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेललाई ज्ञापन पत्र बुझाएका हुन् । ।

एलाइन्सले दार्चुला जिल्लाका जयसिंह धामी महाकाली नदी तर्नेक्रममा भारतीय सुरक्षाकर्मीबाट तुइन काटी महाकाली नदीमा खसेको घटनाको छानविन गर्न पनि माग गरेको छ । यस्तै स्थानीय तहमा पीसीआर परीक्षण गर्ने तथा महामारी फैलन नदिन प्रभावकारी कार्यका साथै खोपको सुनिश्चितता गर्न पनि एलाइन्सले माग गरेको छ ।

संक्रमणकालीन न्यायलाई चाँडो व्यवस्थापन गर्न तथा दण्डहिनताको अन्त्यका लागि प्रभावकारी कदम चाल्न, अफगानस्तानमा भएका नेपालीहरुको सुरक्षामा शीघ्र ध्यान दिन एलाइन्सले माग गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *