Sajhamanch Archive

सदस्य सेवामुखी बन्दै सिम्रिक साकोस

Published: in अर्थतन्त्र, समाज, सहकारी by .

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको बिर्तामोड सेवा केन्द्रले कोभिड–१९ को विषम परिस्थितिमा समेत आफ्ना शेयर सदस्यहरुलाई सदस्य सेवा अन्तर्गतको राहत सुविधा प्रदान गरेको छ ।

संस्थाको तालिम विभाग प्रमुख विजय बस्नेत, बिर्तामोड सेवा केन्द्रका प्रमुख निर्मला ढुंगाना तथा सेवा केन्द्रका कर्मचारीहरुको उपस्थितिमा २६ जना शेयर सदस्यहरुलाई सदस्य सुविधा प्रदान गरिएको हो ।

संस्थाको सदस्य राहत नीति बमोजिम उनीहरुलाई स्वास्थ्य उपचार, शल्यक्रिया खर्च तथा औषधी खर्च वापत २ लाख ६ हजार ८७२ रुपैयाँ प्रदान गरिएको सेवा केन्द्र प्रमुख ढुंगानाले बताइन् ।

कोरोना संक्रमणको त्रासका कारण वा बिरामी भएकाले कार्यालयमा उपस्थित हुन नसक्ने शेयर सदस्यहरुको राहत वापतको रकमलाई कर्मचारीहरु मार्फत सदस्यको घर–दैलो मै पठाएर प्रदान गर्ने व्यवस्था मिलाइएको सेवा केन्द्र प्रमुख ढुंगानाले बताएकी छन् ।

बिर्तामोड ४ मा केन्द्रीय कार्यालय रहेको सिम्रिक साकोसका झापा, इलाम र मोरङ्ग जिल्लामा गरी ३३ वटा सेवा केन्द्रहरु सञ्चालनमा छन् । संस्थाको सदस्य नीति अनुसार सबै सेवा केन्द्रहरुबाट सदस्यहरुलाई बचत तथा ऋणको सेवा सँगसँगै निरन्तर रुपमा विभिन्न प्रकारको राहतका प्याकेजहरु प्रदान गरिँदै आएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेत बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *