Sajhamanch Archive

कमल गाउँपालिका नगरपालिका बन्न सक्षम छ, अरुसँग गाभिँदैन

Published: in मुख्य समाचार, स्थानीय तह by .

कमल । झापाको कमल गाउँपालिकाले नगरपालिका बन्नका लागि आवश्यक मापदण्ड पूरा भएकोले छुट्टै नगरपालिका बन्न सक्ने दावीसहित संघीय मामिला मन्त्रालयमा पत्राचार गरेको छ ।

केही दिन अगाडि दमक नगरपालिकाले कमल गाउँपालिकालाई मिलाएर दमक उपमहानगरपालिका बनाउनका लागि संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयलाई पत्रचार गरेको समाचार सार्वजनिक भएको थियो । दमक नगरपालिकाको यस्तो पत्र सार्वजनिक भएपछि कमल गाउँपालिकाले छुट्टै नगरपालिका बन्नसक्ने पूर्वाधार रहेको भनी आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

‘‘नगरपालिका बन्नका लागि नेपाल सरकारले तोकेको न्यूनतम शहरी सुविधाहरु सडक यातायात, सञ्चार, विद्युत, खानेपानी, बजार क्षेत्र, बैंक तथा वित्तीय सस्था, समुदायिक संस्था, सभाहल, खेल मैदान लगायतका पूर्वाधारहरु रहेकोले कमल गाउँपालिका आफैं नगरपालिका बन्न सक्षम छ’’ गाउँपालिका अध्यक्ष मेनुका काफ्ले बताउँछिन् ।

योसँगै आवश्यक पर्ने जनसंख्या, भूगोलसहित सम्पूर्ण मापदण्ड पूरा भएकोले प्रदेश सरकार मार्फत संघीय सरकारलाई नगरपालिकामा स्तरोन्नतिका लागि पत्राचारसमेत गरेको उनको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *