Sajhamanch Archive

एमाले सचिव भीम आचार्य मुख्यमन्त्रीको दौडमा रहेनन् !

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by .

विराटनगर । प्रदेश १ मा एमाले सचिव भीम आचार्य मुख्यमन्त्री बन्ने सम्भावना समाप्त भएको छ । पार्टी विभाजनमा माधवकुमार नेपालको साथ छाडेका कारण मुख्यमन्त्रीमा उनको सम्भावना सकिएको हो ।

पार्टी विभाजन हुँदा आचार्यले एमाले नै रोजेपछि प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका सांसदहरुले उनको साथ छाडेका छन् ।

पार्टी विभाजन प्रकृयामा रहेका बेला आचार्यले मुख्यमन्त्री बन्न जोडबल गरेका थिए । नेपाल पक्षका नेताहरु पनि उनीप्रति सकारात्मक थिए । तर आचार्य एमालेमै रहेपछि प्रदेश १ का माधव नेपाल पक्षका सांसदहरुले उनलाई साथ नदिने बताएका छन् ।

प्रदेश सांसद एवम् नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजेन्द्र राई प्रदेश १ मा नयाँ सरकार बनाउन पर्याप्त सांसद नयाँ पार्टीमा रहने बताउँछन् । आचार्य एमालेमै रहे पनि माधव पक्षका अन्य सांसद समाजवादीमै रहने बताउँदै उनले भने, ‘आचार्यले एमाले नै रोजेपछि अब उहाँ मुख्यमन्त्री बन्ने सम्भावना सकियो ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *