Sajhamanch Archive

फाइजरको खोप १२ वर्ष मुनिका बालबालिकालाई नदिन एफडीएको चेतावनी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य, by .

अमेरिका । अमेरिकी औषधि नियामक निकाय खाद्य तथा औषधि प्रशासन (एफडीए)ले पर्याप्त अध्ययन नभएको भन्दै १२ वर्ष भन्दा मुनिका बालबालिकालाई फाइजरको कोभिड–१९ खोप नलगाउन अभिभावक र औषधि आपूर्तिकर्तालाई चेतावनी दिएको छ ।

फाइजरको कोभिड–१९ खोप १६ वर्ष भन्दा माथिका व्यक्तिको लागि प्रयोग गर्न सोमबार नै पूर्ण स्वीकृति दिएको एफडीएले बालबालिकामा यस खोपको असरको बारेमा आवश्यक जानकारी नभएको कारण देखाउँदै यो खोप लागाउन सिफारिस नगर्ने बताएको हो ।

“हामीसँग बालबालिकाको लागि उपयुक्त मात्राको तथ्याङ्क छैन, न त हामीसँग आकस्मिक प्रयोग प्राधिकार (इयुए) भन्दा कम उमेरका बालबालिकाको सुरक्षाको तथ्याङ्क नै छ, र त्यसैले गर्दा यो ठूलो चिन्ताको विषय हो कि मानिहरूले बालबालिकालाई खोप लगाउन सक्छन्”, एफडीएका आयुक्त ज्यानेट वडककले भने, “हामीले १२ वर्ष भन्दा मूनिका बालबालिकालाई यो खोप लगाउन सिफारिस गरिरहेका छैनौ, यो उपयुक्त नहुन सक्छ ।”

बालबालिकाको लागि कति मात्रा उपयुक्त हुन सक्छ भन्ने बारेमा आफूहरूले समय समयमा बुझिरहेको एफडीएले जनाएको छ ।

फाइजर, मोडर्ना र जोन्सन एण्ड जोन्सनले बालबालिकाको लागि खोपको परीक्षण गरिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *