पुरातत्व विभागद्वारा मेचीनगरको पातलगंगा घैलाडुब्बा मन्दिरको अवलोकन
Published:
by .मेचीनगर । पुरातत्व विभागले आज बिहीवार मेचीनगर ५ र ८ मा रहेको पातलगंगा तथा घौलाडुव्वा मन्दिर परिसरको अवलोकन गरेको छ । मेचीनगरका जनप्रतिनिधि तथा स्थानिय बासिन्दाको उपस्थितिमा पुरातत्व विभागले पातलगंगा घैलाडुब्बा मन्दिरको अबलोकन गरेको हो ।
पुरातत्व विभागका उपसचिब संदिप खनालको नेतृत्वको टोलीले पातलगंगा तथा घैलाडुब्बा मन्दिरको अवलोकन गरेको हो । टोलीमा लक्ष्मण लम्साल, नबिन शर्मा र सुरेश पौडेलको सहभागिता थियो ।
धार्मिक तथा ऐतिहासिक इतिहास बोकेको पातलगंगा तथा घैलाडुब्बा मन्दिरको संरक्षणका लागि पुरातत्व विभागले अवलोकन गरेको हो । मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्य र उपप्रमुख मीना उप्रेतीको पहलमा विभागका उपसचिब खनाल नेतृत्वको टोली पातलगंगा तथा घैलाडुब्बा मन्दिरको अवलोकन गर्न मेचीनगर आएको बताइएको छ ।
अवलोकन पछि पुरातत्व विभागले देशभर १०० वर्ष पुगेका सबै सम्पदाको संरक्षण गर्ने अभियान सञ्चालन गरेको उपसचिब खनालले बताए । अबलोकनका क्रममा पातलगंगा तथा घैलाडुब्बा मन्दिर पुरातत्व विभागले सञ्चालन गरेको अभियानमा समाबेश गर्ने आधारहरु देखिएको खनाको भनाई छ ।
उनले पातलगंगा तथा घौलाडुव्वा मन्दिरलाई सय बर्ष पुरानो ऐतिहासिक सम्पदाभित्र समावेश गर्न आफ्नो सक्दो योगदान रहने पनि बताए । प्रमाणका आधारमा यो सम्पदा एक सय बर्ष पुरानो सूचिमा समाबेश भए पुरातात्विक शैलीमा संरचना निर्माण गर्नका पुरातत्व विभागले सहयोग गर्ने उनको भनाई थियो ।
धार्मिक इतिहास अनुसार अर्जुनले गौचरणमा जाँदा प्यास मेटाउन पानी खान मन लागेपछि धनुषले जमीनमा हानी पातालबाट पानी निकाली आफ्नो प्यास मेटाएको भन्ने किंवदन्ती रहिआएको छ । जहाँ अहिले पनि बाह्रैमास पानी निस्किरहन्छ ।
धार्मिक आस्थाका कारण अहिले पनि कुनै दुःख बिराम हँदा सो मन्दिरमा पूजा आराधना गरेर जल अर्पण गरे निको हुने विश्वासका साथ मानिसहरु आउने गर्दछन् ।
महाशिवरात्रीको अवसरमा त्यहाँ मेला लाग्ने गरेको छ । पातालगंगा तथा शिवालय मन्दिरसँगै रहेको टोकला बगानको हरियालीले सो क्षेत्रलाई सुन्दरता थपेको छ । ऐतिहासिक तथा धार्मिक महत्वको सो क्षेत्रको उचित संरक्षण हुन सकेको छैन् ।
इतिहास बोकेको सो क्षेत्रको नजर पुरातत्व विभागमा परेको पछि विभागबाट अबलोकन टोलीले केही समयमानै प्रतिवेदन तयार पारी यो क्षेत्रको बिकासमा चासो देखाउने छ भन्नेमा स्थानीय बिश्वस्त छन् ।
Comments