पहिरोले अरनिको राजमार्ग बन्द
Published:
by .काठमाडौं । लगातारको वर्षाका कारण गएको पहिरोले अरनिको राजमार्ग ठप्प भएको छ ।
बिहान धुलिखेल–पाँचखाल सडक अन्तर्गतको खावा नजिक पहिरो जाँदा राजमार्ग ठप्प भएको हो । अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
राजमार्ग बन्द हुँदा सयौँ गाडी र यात्रु अलपत्र परेका छन् ।
यो राजमार्गले काभ्रे, सिन्धुपाल्चोक, दोलखा र तातोपानी नाकालाई काठमाण्डौसँग जोडेको छ ।
Comments