राष्ट्रिय सहकारी बैंकद्वारा कर्णाली साकोस प्रशंशित
Published: (Updated: )
by .बिर्तामोड । लघुवित्तको माध्यमबाट विपन्न वर्गको आर्थिक उत्थानमा उत्कृष्ट योगदान गर्दै आएको कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई राष्ट्रिय सहकारी बैंकले सम्मान गरेको छ ।
राष्ट्रिय सहकारी बैंकको सदस्य बनेर बिर्तामोड शाखामा आर्थिक वर्ष २०७६/०७७ मा उत्कृष्ट कारोबार गरेको निश्कर्षसहित बैंकले यस्तो प्रशंशापत्र प्रदान गरेको हो ।
भदौ १२ गते दमकमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा कर्णाली साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठ र उपाध्यक्ष ईश्वरीप्रसाद खरेलले बैंकका अध्यक्ष के बी उप्रेतीबाट प्रशंसापत्र ग्रहण गरेका हुन् ।
सो कार्यक्रममा कर्णाली साकोससहित अन्य सहकारी संस्थाहरु विविध विधामा पुरस्कृत र सम्मानित भएका थिए ।
Comments