Sajhamanch Archive

मेची बहुउद्देश्यीय सहकारीमा नयाँ नेतृत्व

Published: in मुख्य समाचार, सहकारी by .

मेची बहेउद्देश्यीय सहकारी संस्था दमकको २७औं वार्षिक साधारणसभाले १५ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा समिति सर्वसम्मतरुपमा चयन गरेको छ ।

झापाको दमकमा मुख्य कार्यालय रहेर जिल्लाका अधिकांश पालिकामा सेवा केन्द्र तथा मोरङ र इलाममा समेत कार्यक्षेत्र विस्तार गरेको मेची सहकारीले सबै क्षेत्रको न्यायोचित प्रतिनिधित्व हुने गरी नयाँ नेतृत्व चयन गरेको जनाइएको छ ।

वार्षिक साधारणसभाको अन्तिम सत्रमा उम्मेदवारी मनोनयन गर्दा अधिकांश पदमा आवश्यक संख्यामा मात्र नाम दर्ता भएको प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले जानकारी दिए । उनका अनुसार बढी संख्यामा उम्मेदवारी परेका कतिपय पदमा आपसी छलफल पछि सर्वसम्मत गरिएको हो ।

चारवर्षे अवधिको छैटौं कार्यकालका लागि संस्थाको अध्यक्षमा नारायणप्रसाद भट्टराई चयन भएका हुन् । यस्तै वरिष्ठ उपाध्यक्षमा पदम थापा र महिला उपाध्यक्षमा शान्ता गौतम चयन भएका छन् भने सचिवमा राजेन्द्रप्रसाद दाहाल दाहोरिएका छन् ।

यसैगरी, सञ्चालक समिति सदस्यहरुमा काशीनाथ थपलिया, डिल्लीप्रसाद न्यौपाने, रामकुमारी तामाङ, मीनाकुमारी कोइराला र खेमराज घिमिरे चयन भएका छन् । १५ सदस्यीय सञ्चालक समितिका अन्य सदस्यहरुमा कृष्णप्रसाद शर्मा, सीता कार्की, होमनाथ गुरागाईं, मञ्जुकुमारी फुयाल, गणेशबहादुर तामाङ र नरपति पाण्डे रहेका छन् ।

संस्थाको तीन सदस्यीय लेखा सुपरीवेक्षण समितिको संयोजकमा हरिप्रसाद चापागाईं तथा सदस्यहरुमा सुमित्रा सुवेदी र कृष्णप्रसाद दाहाल चयन भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *