वडा निर्वाचनका लागि कांग्रेसमा प्रशिक्षण
Published:
by .झापा । नेपाली कांग्रेसको वडा अधिवेशनका लागि खटिएका मतदान अधिकृत र सहायक अधिकृतलाई निर्वाचन प्रक्रियाबारे प्रशिक्षण दिइएको छ ।
जिल्लाका १५ वटै पालिकाका १३१ वडामा खटिएका मतदान अधिकृत र सहायक अधिकृतहरुलाई निर्वाचन निर्देशिका, नेपाली कांग्रेसको विधान, नियमावली लगायतका विषयसहित वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयनमा भएको समानुपातिक ब्यवस्थाका बारेमा प्रशिक्षण दिइएको हो ।
प्रशिक्षणका क्रममा नेपाली कांग्रेस झापाका निर्वाचन अधिकृत सुबोधबाबु चिलवालले सौहार्दपूर्ण तरिकाले पार्टी संगठन बलियो बनाउने गरी सहमति, सहकार्य र एकताको नीति अपनाउँदै निर्वाचन सफल पार्न पार्टी पंङ्तिलाई निर्देशन दिएका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले वडा एवं क्षेत्रीय प्रतिनिधिका लागि क्रियाशील सदस्य संख्याको आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको जानकारी दिदै उनले सोही आधारमा निर्वाचन सम्पन्न गराउन आग्रह गरे ।
प्रशिक्षणमा बोल्दै नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न आग्रह गरेका छन् । कार्यक्रमको सञ्चालन कृष्ण हुमागाईले गरेका थिए ।
Comments