Sajhamanch Archive

कुलमान नियुक्तिविरुद्धको रिट प्रधानन्यायाधीश जबराको इजलासमा

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौंं । लोडसेडिङ अन्त्य गरेर हाइहाई कमाएका कुलमान घिसिङको नियुक्तिविरुद्धको रिट आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा परेको छ ।

घिसिङको नियुक्तिविरुद्ध ऊर्जा आयोगमा विज्ञका रूपमा सरुवा गरिएका नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

अघिल्लोपटक विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा लोडसडिङ अन्त्य गरेर चर्चा कमाएका घिसिङलाई सरकारले पुनः सोही पदमा नियुक्त गरेको थियो । नियुक्तिविरुद्ध नेपाल सरकारलाई विपक्षी बनाएर निवर्तमान कार्यकारी निर्देशक शाक्यले रिट दायर गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *