Sajhamanch Archive

बुवाको मुख हेर्ने दिनमा स्वर्गीय बुवाको स्मृतिमा आर्थिक सहयोग हस्तान्तरण

Published: in लोकप्रिय, समाज by .

बुद्धशान्ति । पितृ सम्मान दिवस अर्थात् बुवाप्रतिको सम्मान व्यक्त गर्ने कुशेऔंसीको दिन बुद्धशान्ति १ का चापागाईं परिवारले बुधबारे जेसीजको भवन निर्माणका लागि रकम सहयोग गरेका छन् ।

हाल काठमाडौंको मनहरा नगरपालिका ६ बस्ने इन्द्रप्रसाद चापागाईं र उहाँकी पत्नि जमुनादेवी चापागाईले बुधबारे जेसीजको मेरो पनि योगदान छ कार्यक्रम अन्तरगत बुधबारे जेसीज सचिवालय भवन निर्माणका लागि १ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका हुन् ।

यस्तै सोही कार्यका लागि स्व. नन्दप्रसाद चापागाईको स्मृतिमा कान्छा छोरा बुहारी बीरेन्द्र तथा तुलसा चापागाईले पनि ११ हजार १११ रुपैयाँ प्रदान गरेको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले जानकारी दिएका छन् ।

वि.स. १९९० असार २० गते इलामको शान्तिपुर २ चैनपुरमा जन्मिएका नन्दप्रसादको २०७१ जेठ ३० गते झापाको बुद्धशान्ति १ भोटेटारमा निधन भएको थियो । सामाजिक सेवामा सकृय बुवाको स्मृतिमा युवाहरुको संस्था जेसीजको भवन निर्माणमा सहयोग गर्न पाउँदा खुसी लागेको दाता इन्द्रप्रसादको भनाई छ ।

बुद्धशान्ति गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेर हाल अन्यत्र सरुवा भएका इन्द्रप्रसासद चापागाईले पत्नी जमुनाको जन्मदिनको अवसर पारेर बुधबारे जेसीजलाई केही महिना अघि पनि सामाजिक गतिविधि सञ्चालन गर्न २५ हजार रुपैयाँ सहयोग गरेका थिए ।

बुधबारे जेसीजको भवन निर्माणका लागि बुवाको स्मृतिमा आर्थिक सहयोग गर्ने चापागाई परिवारलाई बुधबारे जेसीजका अध्यक्ष वाग्लेले संस्थाको तर्फबाट धन्यवाद व्यक्त गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *