सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने
Published:
by .काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा नजाने भएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बैठकमा एमालेको सहभागिता नहुने जानकारी दिए ।
“आज बोलाएको बैठकमा हाम्रो पार्टी सहभागी हुँदैन्,” उनले भने । सभामुखले आज संसद्मा प्रतिनिधित्व गर्ने दललाई बोलाएका छन् ।
एमालेले लगातार संसद् बैठकमा बिरोध गरेपछि निकासका लागि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् ।
Comments