Sajhamanch Archive

हाइटीका प्रधानमन्त्रीलाई प्रतिबन्ध, राष्ट्रपतिको हत्यामा संलग्न भएको आशंका

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

काठमाडौं । हाइटीका प्रधानमन्त्री एरियल हेनरीमाथि प्रतिबन्ध लागेको छ । राष्ट्रपति जोभेनल मोइसको हत्या अनुसन्धानमा तानिएपछि प्रधानमन्त्री हेनरीलाई देश छोड्न प्रतिबन्ध लगाइएको हो ।

हत्या प्रकरणमा छानबिन गरिरहेका मुख्य अभियोजनकर्ताले प्रधानमन्त्री हेनरीमाथि पनि अभियोग दर्ता गराउन चाहेका छन् । राष्ट्रपति मोइसको हत्यामा शंकास्पद एक व्यक्तिले घटना भएको केही घण्टापछि प्रधानमन्त्री हेनरीलार्ई टेलिफोन गरेको प्रमाण भेटिएपछि उनी पनि शंकाको घेरामा तानिएका बीबीसीले जनाएको छ ।

गएको जुलाई सात तारिखमा राष्ट्रपति मोइसको आफ्नै निवासमा हत्या भएको थियो । हत्यामा संलग्न पेशेवर अपराधीहरु पक्राउ परे पनि मुख्य योजनाकार भेटिएका छैनन् । राष्ट्रपति मोइसको हत्या पछि हाइटीमा राजनीतिक संकट उत्पन्न भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *