Sajhamanch Archive

वित्तीय साक्षरता र सुरक्षित आवास सम्बन्धी प्रशिक्षक प्रशिक्षण शुरु

Published: in राष्ट्रिय समाचार, समाज, सहकारी by .

लेटाङ । नेपालमा विपन्न महिलाहरुका लागि वित्तीय समावेशीकरण परियोजना अन्तरगत वित्तीय साक्षरता र सुरक्षित आवास सम्बन्धी ५ दिने सहजकर्ता प्रशिक्षक प्रशिक्षण (टट तालिम) मोरङको लेटाङमा संचालन भएको छ ।

सहारा नेपाल र हेविट्याट फर ह्यूमानिटी नेपालको साझेदारीमा संचालित उक्त तालिममा परियोजना संचालन भएका झापा, मोरङ, उदयपुर र सप्तरी जिल्लाका २० जना सामुदायिक सहजकर्ता र परियोजनाका कर्मचारी गरी २८ जनाको सहभागिता रहेको छ । कोभिडको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले निर्धारण गरेका आवश्यक मापदण्डहरु पूरा गर्दै तलिम संचालन भइरहेको जनाइएको छ ।

तालिमका सहभागीहरुलाई हेविट्याट फर ह्यूमानिटी नेपालका शिवहरी देवकोटा र शिवलाल शर्माले सहजीकरण गरिरहेका छन् । सहजकर्ताहरुले वित्तीय साक्षरता र सुरक्षित आवासका विषयमा प्रकाश पार्दै प्रशिक्षण दिइरहेका परियोजनाका झापा सुपरभाइजर लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।

परियोजना अन्तरगत झापा, मोरङ, उदयपुर र सप्तरीका २० वटा गाँउ तथा नगरपालिकामा ६ हजार हाराहारी महिलालाई कक्षा मार्फत वित्तीय साक्षरता प्रदान गर्ने, समुदायका ५० हजारलाई सचेतना अभियान मार्फत वित्तीय साक्षरता र सुरक्षित आवासका बारेमा सुसूचित गराइने योजना छ । वित्तीय कारोबारमा प्रविधिको प्रयोगलाई बढावा दिन बिभिन्न तलिमहरुको माध्यमबाट समुदायलाई सवलीकरण गर्ने लक्ष्य परियोजनाको रहेको सहारा नेपालका प्रोग्राम मेनेजर प्रतिक देवकोटाको भनाई छ ।

Jerssey Overseas Aid (JOA) को सहयोगमा संचालित सो परियोजनाले स्थानीय वित्तीय संस्थाहरुसँग साझेदारी गरी कार्यक्रम सञ्चालन गरिरहेको सहारा नेपालका कार्यक्रम अधिकृत राजु गिरीले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *