प्रदेश १ मा कोरोना ग्राफः ४८८ जना थपिए, २६१ जना संक्रमणमुक्त, ५ जनाको मृत्यु
Published: (Updated: )
by .बिराटनगर । पछिल्लो २४ घण्टामा परीक्षण गरिएको तथ्याङ्कअनुसार प्रदेश १ मा ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार १४६ जनाको पीसीआर परीक्षण गर्दा ३४७ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४८, मोरङमा १२२, सुनसरीमा ६१, धनकुटा र इलाममा ५–५, भोजपुर, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण भएको छ ।
झापाको बिर्तामोडमा ४१, अर्जुनधारामा २७, कनकाईमा १८, दमकमा १५, शिवसताक्षी र मेचीनगरमा १०–१०, बुद्धशान्ति र भद्रपुरमा ६–६, बाह्रदशी र हल्दिबारीमा ४–४, कमल गाउँपालिकामा ३, गौरादह र झापा गाउँपालिकामा २–२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, मोरङको बिराटनगरमा ७२, सुन्दरहरैंचामा २०, पथरीशनिश्चरेमा १०, उर्लाबारीमा ७, केराबारीमा ५, रतुवामाईमा २, बेलबारी, लेटाङ, रंगेली, धनपालथान, बुढीगंगा र कटहरीमा १–१ जना संक्रमित थपिएका छन् । सुनसरीको इटहरीमा ४२, धरानमा ११, रामधुनीमा ४, हरिनगरमा २, इनरुवा र देवानगञ्जमा १–१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ को धनकुटा जिल्ला धनकुटा नगरपालिकामा ३, छथर र पाख्रिबासमा १–१, इलाम जिल्लाको इलाम नगरपालिकामा ३, सूर्योदय र चुलाचुलीमा १–१, भोजपुर जिल्लाको भोजपुर नगरपालिका, उदयपुरको कटारी र संखुवासभाको खाँदबारीमा १–१ जना तथा प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले दिएको तथ्याङ्कमा उल्लेख छ ।
प्रदेश १ मा आज २६१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १३० महिला र १३१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
Comments